चन्द्रौटा,२१ चैत
नेपाल कम्युुनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले नयाँ सरकार गठनबारे घनिभूत रूपमा छलफल गर्ने बताउनुुभएको छ । शनिबार माओवादी केन्द्रको कपिलवस्तु जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई तौलिहवामा सम्बोधन गर्दै उहाँले आजै वाट नयाँ सरकार गठनबारेका बैठकहरू घनिभूतरूपले छलफल अगाडि बढाउने बताउनुुभयो ।
अहिले देशको राजनीतिले कोल्टे फेरेको छ ,सम्भवतः छिट्टै नयाँ सरकार बन्ने छ, नयाँ परिस्थिति बन्ने छ ।’ प्रचण्डले भन्नुुभयो “नया सरकार बारे छलफलको लागि साथिहरुले आजै बैठक बसौ भन्नुुभएको थियो, तर कपिलवस्तुुमा पुुर्वनिर्धारित कार्यक्रम रहेकोले म छिटै आउछुु भनेर यहाँ आएको हुु,।”
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामा माग गरेपछि र अब छिटै निर्णयक वैठक सम्पन्न बस्ने उहाँले बताउनुुभयो । माओवादी जनयुद्धमा मधेसी जनताका छोराछोरीले गरेको बलिदानी र त्यागका कारण देशमा नयाँ संविधान जारी भएको भन्दै सम्पूर्ण मधेसी समुदायलाई धन्यवाद दिनुुभयो ।
उहाँले नयाँ सरकार गठन हुनेबित्तिकै आफूले सबैभन्दा पहिला सीमानाकामा मधेसी जनताले भोग्नुपरेको समस्या हटाउने प्रतिबद्धता जनाउनुुभयो । ‘मलाई मधेसमा के–के समस्या छन् सबै थाहा छ । यहाँ सीमामा समस्या छ, मलखाद र सिँचाइको समस्या छ, महिला हिंसाको समस्या छ प्रचण्डले भन्नुुभयो “ती सबै समाधानको लागि मेरो पहल हुनेछ,।”
प्रतिक्रिया