Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराजमा दुध डेरी संचालकहरुको समिति गठन


कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका दुध डेरीहरु संचालकहरुले समिति गठन गरेका छन् । शिवराज नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको अवशसरमा सो समिति गठन गरिएको हो । जसको अध्यक्षमा शिव संकंर दुध डेरीका संचालक गुरु प्रसाद यादव,उपाध्यक्ष कमला पौडेल,सचिव जनक हमाल, सहसचिव कृष्ण डुम्रे,कोषाध्यष देविलाल उपाध्याय सहित १३ सदस्य समिति गठन गरिएको पशु शाखा प्रमुख राम प्रसाद अधिकारीले बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख नेत्रराज अधिकारीले नगरपालिका र डेरी संचालकहरु विच समय समयमा अन्तक्रिया गर्नुपर्ने बताउनुभयो । किसानहरु सँग प्रत्यक्ष सम्पर्कमा रहने डरी संचालनहरुले किसान लाई मर्का नपर्ने गरी दुधको मुल्य दिनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको संचालन शिवराज नगरपालिका पशु शाखा प्रमुख राम प्रसाद अधिकारीले गर्नुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma