कृष्ण गैरे , चैत २९ कपिलवस्तु
वुद्धभुमी नगरपालीकाको आयोजनामा वुडडीको भृकुटी माविमा आज देखि दुई दिने आखा शिवीर सुरु भएको छ । छन्दकालेवावु नारायणी आखां अस्पताल वहादुरगंज प्राविधिक सहयोगमा संचालीत निशुल्क आखा शिविर दुईदिन सम्म संचालन हुने नगरप्रमुख केशव कुमार श्रेष्ठले वताउनुभएको छ ।
निशुल्क अप्रेशन सहितको आखां शिविरमा पहिलो दिन नै उत्साहजनक सहभागीता रहेको नगरप्रमुख श्रेष्ठले वताउनुभएको हो ।
उहाले विरामीको निसुल्क अप्रेसन तथा विरामीका कुरुवालाई खाने वस्ने व्यवस्थापन समेत नगरपालीकाले गरेको जानकारी दिनुभयो । शिवीरमा सामान्य आखां जाच गराउन आउने देखि विभिन्न समस्या भएका विरामीहरुको पनि सहभागीता रहेको छन्दकाले वावु नारायणी आखां अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जयसराम विकले वताउनुभएको छ । विगतमा शिवीरहरुमा सामान्य आखा जाच गर्ने र अप्रेसन गर्नुपर्ने विरामीहरुलाई अस्पताल रिफर गर्ने गरेको भएपनि यो शिवीरमा आवास सहितको अप्रेसन सहितको व्यवस्थापन गरिएको अधिकृत विकले वताउनुभएको हो ।
प्रतिक्रिया