जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले हिरासत कक्षको अवलोकन गर्नुभएको छ । हिरासत कक्षको अनुगमन गर्दै अधिकारीले थुनुवाहरुको अवस्था र समस्याको विषयमा छलफल समेत गर्नुभएको छ । कक्षमा मानव अधिकारको पालना,बन्दिहरुको अवस्था लगाएतका विषयमा जानकारी लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । बन्दिहरुका समस्याहरुलाई समाधानका लागि आफु तत्पर रहेको अधिकारीले बताउनुभयो ।
प्रहरीले चाहेर मात्र अपराध न्यूनिकरण गर्न नसकिने बताउँदै नागरिकहरुको साथ अनिवार्य रहेको उहाँले बताउनुभयो । जिल्लामा हुने अपराध न्यूनिकरणको लागि प्रहरीले विभिन्न सचेतनामुुलक कामहरु गरिरहेकोले त्यसमा नागरिकहरुको पूर्ण साथ आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया