माधव बेल्बासे
चन्द्रौटा,कपिलवस्तु
विहिवार आफ्नो घरमा वडा अध्यक्ष आएपछि कोराना संक्रमित अचम्म परे । संक्रमित सँग टोलवासिहरु डराइरहेको बेला वडा अध्यक्ष पुगेपछि टोलवासिहरु पनि खासखुस गर्न थाले । कोरोना संक्रमितको घरमा जानहुन्न भन्ने मान्यता रहेका नागरिकहरुमा वडा अध्यक्ष पुगेपछि संक्रमितको मनोबल बढेको छ भने नागरिकहरुको पनि व्यवहारमा परिवर्तन आएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ मा रहेका १२ जना कोरोना संक्रमितको घरमा विहिवार वडा अध्यक्ष टेकलाल सापकोटा पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको छ ।
“सबै संक्रमितको घरमा पुगे, धेरैको अवस्था सामान्य छ, सापकोटाले भन्नुभयो, “यो बेला संक्रमितहरुको मनोबल बढाउन आवश्यक छ, ।” गर्भवति महिला, ज्येष्ठनागरिक लगाएत बढि जोखिम रहेको विशेष ध्यान दिनुपर्ने अध्यक्ष सापकोटाको भनाई छ । वडामा रहेका नागरिकहरुलाई बचाउन आफुले सक्दो पहल गरेको सापकोटाको भनाई छ । लकडाउनको समयमा वडा वासीलाई अनावाश्यक रुपमा वाहिर नहिड्न आग्रह गर्नुभयो । संक्रमितलाई पोष्टिक आहारा सहितको खानपान,सरसफाईमा विशेष ध्यान दिनु आग्रह गर्नुभयो ।
अध्यक्ष सापकोटा सगै चनई स्वास्थ्य चौकीका प्रमुख जित बहादुर जिसी पनि हुनुहुन्थ्यो । संक्रमितहरु ज्वरो नाप्ने थर्ममिटर एक थान,मास्क ५० पिस,साबुन १ पिस,सेनेटाइजर दुई पिस,पानी सफा गर्ने पियुष १ थान,भाइरस मार्ने कोल्डराईड १ थान लगाएतका स्वास्थ्य सामाग्री कोरोना संक्रमितलाई प्रदान गरिएको छ । वडाका होम आइसोलेसन बसेका नागरिकहरु घरघर पुगि स्वास्थ्य सामाग्री वितरण गर्नुको साथै सुरक्षीत रहन आग्रह गरिएको जिसीले बताउनुभयो । वडामा ३३ जनामा कोरोनन संक्रमण रहेको जिसीले बताउनुभयो ।
प्रतिक्रिया