Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सक्रिय वडा अध्यक्ष खड्का , वडामा आइशोलेशन संचालन

जेठ २ , कपिलवस्तु
नेपाल सरकारले कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्टको महामारि फैलिए संगै कोभिड पुष्टि भएका व्यक्तिहरुलाई होम आइशोलेशनमा नै राख्ने भनेको छ । त्यसैले यस बर्ष स्थानिय तहहरुले स्थानिय तहको मातहतमा एक एक वटा आइशोलेशन संचालन गरेका छन । गत बर्ष वडा स्तरमा पनि संचालित भएका क्वारेन्टाइन र आइशोलेशन यस बर्ष संचालनमा छैनन । अहिले कोरोना पोजिटिभ भएका सामान्य लक्षण भएका व्यक्तिहरु होम आइशोलेशनमा नै बसेका छन ।
शिवराज नगरपालिका वडा नं. ९ शिवगढीमा भने वडामा संक्रमितहरु लागी वडामा नै आइशोलेशन संचानल भएको छ । वडा अध्यक्ष चुर बहादुर खड्काको सक्रियतामा वडामा आइशोलेशन संचानलमा आएको हो । “ वडाका नागरिकहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिदै वडा कै सुन्दरी डाडामा रहेको प्रकाश मा.वि.लाई आइशोलेशन बनाइ संचालन गरेका छौ”अध्यक्ष खड्काले भन्नु भयो । संक्रमित घरमै आइशोलेशन बस्दा छरछिमेकमा त्रास हुने भएकोले आइशोलेशन संचालन गरेका हौं आइशोलेशनमा रहेका संक्रमितहरु चिकित्सकको निगरानीमा रहने आहार विहार तथा नियमित सन्तुलित भोजन ,व्यायाममा सहभागि हुने हुदाँ उनीहरुको आत्मबल बढ्ने संक्रमित चाढै निको हुने भएकाले वडाका सबै राजनैतिक दल , नागरिक, सरोकारवालाको सहभागितामा जनस्वास्थ्य सेवा केन्द्रको रुपमा आइशोलेशन संचालन गरिएको खड्काले बताउनु भयो । आइशोलेशन संचालनमा स्थानिय राजनैतिक दलको पनि सहयोग रहेको छ । आइशोलेशनमा नेपाल कम्युनिष्ट पार्टिले बेड सहयोग गरेको छ ।
नगरका अन्य वडामा आइशोलेशन संचालनमा नभएको अवस्थामा शिवगढिले आफ्नै पहमा नागरिकको स्वास्थ्य सुरक्षामा देखाएको सक्रियता सराहनिय भएको स्थानियले बताएका छन । वडाले संचालन गरेको आइशोलेशनमा अहिले २९ जना रहेको वडा सचिव प्रेम सागर वलिले बताउनु भयो । आइशोशनमा बसेका संक्रमितहरुको अवस्था सामान्य रहेको समेत वलिले बताउनु भयो । हामीले संक्रमितलाई आइशोलेशनमा रिकभर गराउने प्रयास गछौं , संक्रमितको अवस्था कम्जोर भयो भने तुरुन्तै नगरले संचालनको आइशोलेशन पुराउछौं नगारिकलाई समयमा नै उपचार गराउनु हाम्रो मुख्य लक्ष्य हो वडा सचिव वलिले भन्नु भयो ।
वडामा संक्रमितको संख्या ७१ रहेको शिवगढी स्वास्थ्य चौकी प्रमुख विरेन्द्र मिश्रले बताउनु भयो । जस मध्ये २ जना पूर्ण निको भइ सकेका छन । ४२ जना संक्रमित होम आइशोलेशनमा बसेका छन उनीहरुको अवस्था सामान्य छ । “हामी दैनिक रुपमा होम आइशोलेशनमा बसेका संक्रमितहरुको सम्पर्कमा नै छौं” मिश्रले भन्नु भयो । वडामा कोरोना संक्रमित १ जनाको निधन भएको उहाँले बताउनु भयो ।
वडामा संक्रमितको संख्या बढ्दै गए पछि ,परिक्षणको दायरा बढाउने ,स्वंयसेविकालाई परिचालन गरि लक्षण देखिएका व्यक्तिहरुलाई कोरोना परिक्षण गर्न लगाउने , कोरोना संक्रमण रोक्न निषेधज्ञाको पूर्ण पालन गराउने ,विवाह ,बर्तबन्ध,भोज भतेर केहि समयका लागी रोक्ने निर्णय वडाको सर्वदलिय बैठकबाट भएको छ । आफु मात्रै सुरक्षित नभएर से समुदाय र सिंगो वडालाई नै संक्रमण मुक्त बनाउ हरेक नागरिकले आफ्नो ठाउँबाट जनचेतना प्रवाह गर्नु पर्ने वडा अध्यक्ष खड्काले बताउनु भयो । वडाले कोरोना नियन्त्रण रोकथामका लागि वडाका टोलटोलमा स्वास्थ्य सुरक्षा सम्बन्धि जनचेताना मुलक सन्देश प्रवाह गरेको वडाले जनाएको छ । शिवगढीमा नै कोरोना संक्रमितको उपचार गर्ने उद्देश्यले अहिले वडामा जनस्वास्थ्य केन्द्रको भवन निर्माणको काम सुरु भएको छ । वडाबासी, राजनैतिक दल, संघसंस्था क्लब,सामुदायिक वनको सक्रियतामा भवन निर्माणको काम सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma