Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराजका ४६३ जना कृषकहरुलाई उपकरण वितरण

माधव बेल्बासे
चन्द्रौटा,२१ जेठ

कपिलवस्तुको शिवराज नगरपालिकाका ४६३ जना कृषकहरुलाई कृषि उपकरण वितरण गरिएको छ । नगरको वार्षिक कार्यक्रम अन्तर्गत किसानको मागको आधारमा विभिन्न सामाग्रीहरु वितरण गरिएको हो । शुक्रवार उक्त सामाग्री वितरण गर्दै नगरप्रमुख नेत्रराज अधिकारीले उत्पादनमा वृद्धि गर्नको लागि कृषि औजार सहित उपकरणहरु वितरण गरेको बताउनुभयो । खेती गर्न प्रविधि यान्त्रिकरण गर्दै किसानहरुले उत्पादनमा गर्ने बस्तुमा वृद्धि हुने विश्वास रहेको छ ।
नगरका ११ वटै वडाका कृषकहरुलाई हाते सानो ट्याक्टर देखि मकै छोडाउने उपकरण सम्म वितरण गरेको छ । नगरका २२८ जना कृषकलाई पम्पसेट,४५ जनालाई हाते ट्याक्टर,२० जनालाई धान काट्ने मेसिन,५ जनालाई मकै छोडाउने मेसिन,६९ जनालाई स्प्रे,६० जनालाई सिचाई मोटर र ३६ जनालाई वोरिङ उपलव्ध गराएको कृषि विकास शाखाका प्रमुख तारा चौधरीले बताउनुभयो । वितरण गरिएको सामाग्री नगरपालिकाको ७५ प्रतिशत र किसानको २५ प्रतिशत लगानीमा वितरण गरिएको हो । रु १ करोड १५ लाख को कृषि सामाग्री वितरण गरिएको चौधरीले बताउनुभयो ।
शिवराज नगरपालिका २ की किसानी थारु हाते ट्याक्टर पाएपछि खुसि हुनुहुन्छ । शिवराज नगरपालिकाले दिएको सानो ट्याक्टर पाएपछि थारुलाई खेत जोत्ने गोरु,हलीको चिन्ता हटेको छ । गोरु र हलिको पैसा वचत हुनुको साथै समयको पनि वचत हुने थारुले बताउनुभयो ।
शिवराज नगरपालिका वडा १ का राम शरण थारुले पम्पसेट पाएपछि अव आकासे पानीको भर पर्नुपर्ने दिन सकिएको बताउँनुभयो । आकास वाट कहिले पानी पर्ला र खेत रोप्न पाईन्छ भन्ने तनाव हुने गरेकोेले अव पम्पसेट वाट पानी तानेर खेत रोपिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma