Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

सिनोभ्याक खोपलाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति

काठमाण्डाै – सरकारले चिनियाँ कम्पनी सिनोभ्याकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको औषधि व्यवस्था विभागको बसेको बैठकले १८ वर्षभन्दा बढी उमेर समूहका मानिसलाई लगाउन सक्ने गरी आपत्कालीन प्रयोगको अनुमति दिएको हो ।

यो खोपलाई गएको मङ्गलवार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको थियो । सिनोभ्याक खोप दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापक्रममा १२ महिनासम्म राख्न सकिने भएकाले नेपाल जस्तो देशका लागि उपयोगी हुने विज्ञहरूले बताएका छन् । योसहित नेपालमा अनुमति प्राप्त कोरोनाविरुद्धकाे खोपको सङ्ख्या पाँच पुगेको छ ।

यसअघि भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड, भारतीय खोप कोभ्याक्सिन, चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल र रुसी खोप स्पुतनिक भी ले नेपालमा आपत्कालीन प्रयोगको अनुमति पाइसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma