दिपक के.सी.
कपिलवस्तु जेठ २९
प्यूठान नौबाहिनी गाउँपालिका ५ गाभै घर भएका दिपक कुमार झाक्रीको दुबै मृगौला फेल भएको छ । ४१ बर्षका झाक्रिको २ बर्ष अघि मृगौलामा समस्या आए पछि उपचार गराउदाँ मृगौला फेल भएको डाक्टरले बताएका थिए ।
प्यूठान घर भएका झाक्री अहिले कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. २ हल्लानगरमा भाउजुको घरमा बसेका छन । बुटलवको सामुदायिक मुटु अस्पतालमा डाइलासिस गराउन नजिक पर्ने भएकोले भाउजुको घरमा बसेको उनले बताए । आर्थिक अवस्था न्यून भएका झाक्रिको डाइलासिस निशुल्क भए पनि औषधी र रगत किन्न समस्या भएको बताए । हप्ता १ पटक डाइलासिस गर्न बुटवल जादाँ आउन पनि आर्थिक समस्या भएको झाक्रिले बताए । “कसैले मृगौला दान दिए ४÷५ लाख खर्च हुने भए पनि मृगौला दिने कोहि नभएको र श्रीमतिको रगत समूह नमिलेकोले अब डाइलासिस र औषधीको भरमा कतिन्जेल पो बाचिएला र ? ”मलिन हुदै भाक्रिले भने । श्रीमतिले ज्याला मज्ुदरी गर्दै अहिले सम्म उपचार खर्च जुटाएको उनले बताए । कोरोना महामारीले भएको निधेषाज्ञाले डाइलासिस गर्न जादाँ आउदाँ नै महँगो पर्ने उनले बताए ।
पैसा कमाउला र सुखी जिवन विताउला भनेर झाक्रि बैदेशिक रोजगारीका लागि ओमन गएका थिए । ओमन गएको ९ महिनामा नै समस्या भएर फर्किनु परेको उनले बताए । ओमन जादाँको रिणले थिचेको अवस्थामा मृगौला फेल भएर उपचार गर्न ऋण लिने ठाउँ पनि नरहेको उनले बताए । भाउजुको घरमा बस्दै आएका झाक्रिलाई कहि कसैले सयोग गरे उपचारमा सहज हुने र केहि दिन धेरै बाच्न पाउँछु भन्ने झिनो आसा चाहि मरेको छैन । उनले आफुलाई बचाउनका लागि सहयोगको अपिल गर्दै भने मलाई बचाइदिनुस मेरी ५ बर्षकीको छोरीको भविष्य सुन्दर बनाउनु छ ।
प्रतिक्रिया