Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराज नगरपालिका वडा न ९ को सहयोगमा एकल महिलाको लागि सिपमुलक तालिम


कपिलवस्तु – एकल तथा विपन्न महिलाहरुका लागि सिपमुलक ढाका तथा मखमलको जुत्ता बनाउने तालिमको आज समापन भएको छ । कपिलवस्तु शिवराज नगरपालिका वडा नं ९ कार्यालयको आर्थिक सहयोग,दियालो नेपालको ब्यवस्थापन र शिवगढि आर्थिक,सामाजिक तथा सास्कृतिक अधिकार सन्जालको आयोजनामा सन्चालित एकल बिधुवा र विपन्न महिलाहरुलाई सिपमुलक ढाका तथा मखमलको जुत्ता निर्माण तालिमको आज एक कार्यक्रमका बिच समापन गरीएको हो ।

शिवराज नगरपालिका ९ न वडा कार्यालयको चालू आ .व. ०७७÷७८ को वडास्तरिय वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत एकल बिधुवा तथा बिपन्न महिला सीप विकास तालिम कार्यक्रम शिर्षकमा स्वीकृतरु १ लाख रकमबाट उक्त तालिम सन्चालन गरिएको हो । शिवराज ९ भगवानपुरमा रहेको मनकामना सहकारी भवनमा जेठ २८ गते देखि आसार ६ गते सम्म सन्चालित तालिममा वडाका एकल बिधुवा र बिपन्न गरि १० जना महिलाहरुको सहभागीता रहेको थिए ।


समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी शिवराज ९ का वडाअध्यक्ष चुर बहादुर खड्काले तालिममा सिकेको सीप ब्यवहारमा प्रयोग गर्दै महिलाहरु स्वरोजगार,आत्मनिर्भर र उद्धमी बन्नु पर्ने शुभकामना दिनुभयो । सन्जाल अध्यक्ष दिलमाया बाठाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य रामगोपाल चौधरी,वडा सचिव प्रेम वलि,महिला अधिकार कर्मी मिना परियार, समाजसेवी हरि प्रसाद श्रेष्ठ, दियालो नेपालकी अध्यक्ष तारा थापा, सन्जालका प्रतिनिधि पार्वती सुवेदी, दिलमाया थापा लगायतको आतित्थ्यता रहेको कार्यक्रमको सञ्चालन दुर्गा गिरिले गर्नुभएको भिथो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma