Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

विकासको प्रत्यक्ष अनुुभुुति गराउछुुः मन्त्री पाण्डे


दिपक के.सी.
कपिलवस्तुु, ९ असार
लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सन्तोष पाण्डेले विकासको प्रत्यक्ष अनुभुुती दिलाउने गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । प्रदेशको विकासका लागि हरपल लागि परेको उहाँले बताउनुु भयो ।
कपिलवस्तुुको कृष्णनगर नगरपालिकामा पर्ने छितौनी जोड्ने घोरही पुलको उदघाटन गर्दै मन्त्री पाण्डेले विकासको लागि प्रदेशले बजेट विनियोजन गरेको बताउनु भयो । पुलको उद्घाटन गर्दै मन्त्री पाण्डेले कपिलवस्तुको विकासको लागि लुम्बिनी प्रदेश सरकारले विशेष ध्यान दिएको बताउनुभयो ।
कृष्णनगर नगरपालिकाको अवलोकन गर्दै भौतिक पुर्वाधर मन्त्री पाण्डेले कृष्णनगर बजार क्षेत्रको सडक विग्रेकोले मर्मत गर्ने प्रतिबद्धता व्यक्त गर्नुु भयो । प्रदेश सरकारले लुम्बिनी प्रदेश भर विकासका लागि बजेट विनियोजन गरेको उहाले बताउनुभयो । कृष्णनगर क्षेत्रको विकासका लागि यस बर्ष दुुई करोड रकम विनियोजित गरेको बताउनुभयो ।
२०७६ मंसीर २८ गते कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले छितौनी जोड्ने घोरही पुलको शिलान्यास गर्नुु भएको थियो । पुल बनेपछी एक दर्जन गाँउका बसिन्दा आवत गर्न पाउने कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बताउनुु भयो । पुल निर्माण भएपछी त्यस क्षेत्रका नागरिक खुसी भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma