Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराज नगरपालिका वडा नं.२ द्धारा खेलकुद सामाग्री वितरण

नवराज पौडेल, कपिलवस्तु : कपिलवस्तु को शिवराज नगरपालिपालिका वडा नं. २ मा खेलकुद सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । वडामा रहेका ८ वटा क्लबहरुलाई वडाले आईतबार एक कार्यक्रमको आयोजना गरी खेलकुद सामाग्री वितरण गरेको हो ।। स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नारा सहित खेलको माध्यम बाट शिवराज नगरपालिका वडा नं. २ लाई खेलकुद क्षेत्रमा अगाडी वढाउँनको लागि खेलकुद सामाग्री वितरण गरिएको वडा नं. २ का वडा अध्यक्ष राम बहादुर चौधरीले बताउनु भयो ।

खेलको माध्यम बाट वडा, नगर, जिल्ला हुदै राष्ट्रलाई चिनाउने उदेश्य रहेकाले खेल सामाग्री वितरण गरिएको अध्यक्ष चौधरीले बताउनु भयो । वडा स्तरिय योजना अन्र्तगत वडा भित्रका सामुदायिक विद्यालयका तिन ओटा बाल क्लव,स्थानिय पांच ओटा युवा क्लव का पदाधिकारीहरुलाई भलिवल,क्रिकेट,ब्याडमिन्टन,लगाएतका एक लाख बराबरको खेल सामाग्री वितरण गरिएको वडा सचिव बाबुराम सापकोटाले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma