Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

संसद विघटनको मुद्दामा सकियो सरकारी पक्षको बहस

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सरकारी पक्षको बहस आजदेखि सकिएको छ ।

सोमवारबाट शुरु भएको सरकारी पक्षको बहसका क्रममा महान्यायाधिवक्ता रमेश बडालसहित ११ सरकारी वकिल, २१ प्रधानमन्त्रीका वकिलसहित ३२ जनाले बहस गरेका छन् ।

सरकारी पक्षको बहस सकिएपछि अब सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानून व्यवसायीको बहस शुरु हुँदैछ ।

धेरै सरकारी पक्षका कानून व्यवसायीहरुले प्रतिनिधिसभा विघटन राष्ट्रपतिको स्वविवेकी अधिकार रहेको जिकिर गर्दै रिट निवेदन खारेजीको माग गरेका थिए ।

असार ९ गते बुधवारबाट सर्वोच्चको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्त्रधी मुद्दामा निरन्तर बहस भइरहेको छ ।

आइतवारसम्म ४ दिन रिट निवेदक पक्षका कानून व्यवसायीहरुले बहस गरेका थिए भने सोमवारबाट सरकारी पक्षका कानून व्यवसायीहरुले बहस गरेका थिए ।

अब सभामुख पक्षका कानून व्यवसायीहरुको बहसपछि जवाफी बहस शुरु हुनेछ । त्यसपछि अदालतको सहयोगी “एमिकश क्यूरी” को बहस शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma