Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवगढीका महिला स्वास्थ्य स्वयंसेविकालाई पोशाक उपहार

कपिलवस्तुको शिवराज नगरपालिका वडा न. ९ शिवगढिले वडा भित्र कार्यरत १९ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई स्वयम् सेविका पोशाक उपहार दिइएको छ ।
वडाले स्वास्थसेवामा अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई पोसाक स्वरुप सारी ब्लाउज सेट बितरण गरेको वडा अध्यक्ष चुर बहादुर खडकाले जानकारी दिनु भयो ।


वडाको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयम् सेविकाहरुले पुर्याएको योगदानको उच्च सम्मान र कदर गर्दै स्वयम सेविकाहरुको हौशला बढाउन पेशागत पोशाक बितरण गरिएको वडाअध्यक्ष खड्काले बताउनु भयो ।
महिला स्वास्थ्य स्वयम सेविकाहरुले समाजको स्वास्थ्य अवस्था परिवर्तन गर्नमा अहम भुमिका खेलेको भन्दै वडाले सम्मान गरेको वडा सचिव प्रेम सगार वलीले जानकारी दिनु भयो ।


पुर्ण खोप सुनिश्चितता समिक्षा सम्बन्धी कार्यक्रमको अवसरमा स्वयम सेविकाहरुलाई सम्मान गरिएको शिवगढी स्वास्थ्य चौकी प्रमुख विरेन्द्र मिश्रले बताउनु भयो ।
खोप कार्यक्रम र गाउँघर क्लिनिकमा खटिएका स्वयम सेविकाहरुलाई वडाले खाजा नास्ताको प्रबन्ध मिलाएको स्वास्थ्य चौकी प्रमुख मिश्रले जानकारी दिनु भयो । पोसाक पाएपछि महिला स्वास्थ स्वयम सेविकाहरु खुसी भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma