Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

प्रधानमन्त्री ओली आज बाढी पहिरोको निरीक्षण गर्न सिन्धुपाल्चोक जाँदै

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली आज बाढी/पहिरोले क्षति गरेको क्षेत्र सिन्धुपाल्चोक जाँदै हुनुहुन्छ ।

बाढी/ पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे सिन्धुपाल्चोक जाने तयारी भएको प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढी/पहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने तयारी छ । मनसुन सुरु भएलगत्तै गएको असार पहिलो हप्ता आएको बाढी/पहिरोले सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनासहित विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma