Developed By Kuldeep Sharma

५ वर्ष अगाडि

एमालेकाे विवाद समाधान कार्यदलको बैठक आज पनि निष्कर्षविहीन

काठमाण्डाै – नेकपा एमालेको विवाद मिलाउन बनेको कार्यदलको बैठक आज शनिवार पनि विना निष्कर्ष सकिएको छ । सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति नभएको र छिटै सहमति हुने विश्वासका साथ आजका लागि बैठक सकिएको नेता भीम रावलले जानकारी दिनुभयो । 

उहाँले हिजो सहमतिको मस्यौदा तयार भए पनि शीर्ष नेताहरूसँग थप छलफल गर्ने र आन्तरिक छलफलकाे तयारी जरुरी रहेकाे बताउनुभयो । 

यस्तै नेता गोकर्ण विष्टले हरेक दिन सहमति हुन्छ भनिए पनि नभएको तर भोलि एकताको सन्देश दिने पक्का भएको जानकारी दिनुभयो । सहमतिलाई औपचारिकता दिन मात्रै बाँकी रहेको नेता विष्टको भनाइ छ । 

सहमतिलाई अन्तिम रूप दिन दिउँसो साढे २ बजे बैठक बस्ने भनिए पनि बेलुकीपख मात्रै बैठक बसेको थियो । कार्यदलमा रहनुभएका माधव नेपाल पक्षका नेताहरू दिउँसो सिंहदरबार गए पनि ओली पक्षका नेताहरू नआएपछि आन्तरिक छलफलका लागि भन्दै वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर थिए । ओली पक्षसँग हुने सहमतिका लागि आन्तरिक छलफल गर्न नेताहरू नेपालको निवास गएका हुन् । 

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक धोका दिएकाले परिपक्व सहमति गर्ने नेपाल पक्षको तयारी छ । आज बस्ने बैठकले कार्यदलले तयार पारेको मस्यौदालाई अन्तिम रूप दिने तयारी थियाे । कार्यदलले हिजो शुक्रवार सहमतिको मस्यौदा तयार पारेको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma