Developed By Kuldeep Sharma

५ वर्ष अगाडि

११ बर्षीय बालिकालाई करणीको प्रयास गर्ने वृद्ध फरार


कपिलवस्तुको विजयनगर गाँंउपालिकाकी ११ बर्षीय बालिकालाई जवरजस्ती करणीको प्रयास भएको छ । वडा न ३ महादेहियामा सोमवार साँझ साढे ५ बजेतिर सुरई खोलाको नजिक बारीमा घाँस काट्न गएकी बालिकालाई एक वृद्धले करणिको प्रयास गरेको खुल्न आएको छ । उखु खेतमा शौच गर्न गएका बेला स्थानीय ७० बर्षीय वकिल मियाँले जबरजस्ती करणी गर्ने प्रयास गरेका आरोप लागेको छ ।
जवरजस्ती करणीको प्रयास गरिरहेको बेला स्थानिय एक युवाले वालिकालाई उद्धार गरेका छन् । ओरोपित वृद्ध फरार रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक रणबहादुर बिष्टले जानकारी दिनुभएको छ ।
सो घटनाको सुचना पाएलगत्तै प्रहरीले बालिकालाई आवश्यक जाँचका लागि जिल्ला अस्पताल तौलिहवा पु¥याएको हो । मुद्धा दर्ता गरी आवश्यक प्रक्रिया अगाडी बढाइएको निरिक्षक विष्टले बताउनुभयो । फरार रहेका मियाँले खोजि भईरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma