कपिलवस्तुको शिवराज नगरपालिकाले विद्यालय संचालन गर्ने तयारी गरेको छ । कोभिड १९ संक्रमण जोखिम नियन्त्रण र विद्यार्थी सिकाई सहजिकरण कार्यढाचा तयार गर्नको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । लामो समय सम्म विद्यालय बन्द हुदाँ शिक्षण सिकाई असहज भएको भन्दै अब विद्यालय संचालन गर्नुपर्ने विद्यालयका प्रधानाध्यापकहरुको आग्रह रहेको छ ।
विहिवार युनिसेफको सहयोगमा र शिवराज नगरपालिकाद्धारा आयोजित योजना तर्जुमा कार्यक्रममा असोज पहिलो हप्ता देखि विद्यालय संचालन गर्नको लागि नगरपालिकाले निर्णय गरि जिल्ला विपत व्यावस्थापन समितिमा पठाउने तयारी गरिएको छ ।
विद्यालयले कोभिड १९ संक्रमण जोखिम नियन्त्रणको लागि भदौ २९ गते सम्म विविध कृयाकलाप गर्न सकेमा जिल्लामा विद्यालय संचालनको लागि अनुमती मागिने शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताउनुभयो ।
भदौ १८ गते प्रधानाध्यापकहरुले सम्पुर्ण शिक्षकहरुलाई समुदाय जागरणका लागि कार्ययोजना बनाउने,भदौ २४ गते सम्म शिक्षकहरुवाट तोकिएको बस्तीहरु पुगी अभिभावक तथा विद्यार्थीहरुलाई सचेत बनाउने,संकास्पद विरामीहरुलाई परिक्षण गराउन अनुरोध गर्ने बताइएको छ । विद्यालय संचालनको लागि सुरक्षा मापदण्ड सहित कार्ययोजना निर्माण,विद्यालय व्यवास्थापन समिति शिक्षक अभिभावक संघ तथा स्थानिय सरोकारवाला सँग सहमति कार्ययोजना अनुमोदन गरिने पन्थीले बताउनुभयो । भदौ २९ गते विद्यालयको प्रस्तावित कार्ययोजना स्वीकृतिका लागि डिसिएमसीमा सिफारिस सहित पठाउँन नगरपालिकामा पेश गरिने जनाइएको छ ।
कोरोना कारण अन्य क्षेत्रको तुलनामा विद्यालय बन्द हुदाँ शिक्षण सिकाईमा वढी प्रभाव परेको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । पछिल्लो समय कोरोना संक्रमण दर केहि घटेकोले अब विद्यालय संचालन गर्नुपर्ने बताउनुभयो । ‘विद्यालय बन्द हुदाँँ सिकाई अस्तव्यस्त रह्यो,’अधिकारीले भन्नुभयो विद्यालय संचालनको लागि कार्यढाचा तयार गर्नुहोस,विद्यालय संचालनको लागि जिल्लामा आग्रह गरिन्छ’ । कोरोना रोकथामको लागि विद्यार्थीहलाई सचेत बनाउन सम्पुर्ण स्वास्थ्यकर्मीहरु लागि पर्नुपर्ने स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईले बताउनुभयो । नेत्रराज अधिकारीको अध्यक्षता राजेश चौधरीको संचालनमा सम्पन्न भएको छ ।


प्रतिक्रिया