Developed By Kuldeep Sharma

तिन दिने फोटो पत्रकारिता तालिमको समापन

कपिलवस्तु – अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं ८ अवस्थित इभर ल्याण्ड होटलमा तिन दिने आधारभूत फोटो पत्रकारिता तालिमको समापन भएको छ । शिवराज मिडिया प्रा। लि। को आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा तिन दिने पत्रकारिता तालिममा सिकाइको क्रममा खिचेका उतकृष्ट फोटो खिच्ने तिन जना नगद सहित सम्मानित हुनु भएको छ ।

प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरी , नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला अध्यक्ष किरण मान बज्राचार्य, अतिथिमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियार, प्रेस सेन्टरका केन्द्रीय सदस्य मनिष कार्की, प्रेस चौतारी कपिलवस्तु अध्यक्ष जानु पाण्डेय , प्रेस युनियनको उप सभापति खग प्रसाद चापागाईको विशिष्ट आतित्यता शिवराज मिडिया प्रा. का अध्यक्ष मनिष कुमार गुप्ता अध्यक्षतामा तालिम समापन भएको हो । तिन दिन सम्म संचालन भएको फोटो पत्रकारीता तालिममा मनोज पौडेलले प्रशिक्षण दिनु भएको थियो ।

तिन दिने आधारभूत फोटो पत्रकारिता तालिममा २० जना पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागी पत्रकार हरूलाई प्रमाण पत्र तथा अतिथि हरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma