Developed By Kuldeep Sharma

वडा अध्यक्ष काँग्रेसमा प्रवेश

कपिलवस्तुको महाराजंगज नगरपालिका वडा न ५ का वडा अध्यक्ष छेदी प्रसाद कुर्मी सहित १५० बढि नेपाली कांग्रेशमा प्रवेश गरेका छन । तत्कालिन फोरम बाट निर्वाचित वडा अध्यक्ष कुर्मिसहित वडा अध्यक्षका प्रत्यासि सहित विभिन्न दलका दर्जनौं नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नेपाली कांग्रेस महाराजंगज वडा न ५ वडाको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सभापति अब्दुल कलाम , जिल्ला सचिव प्रेम बहादुर रायमाझी,क्षेत्रिय सभापति बर्मानन्द उपाध्याय, नगर सभापति राम अचल कुर्मि लगायतले नव प्रवेशीहरुलाई टिका लगाएर पार्टीमा स्वागत गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma