Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

पूर्वका केही जिल्लामा ठूलो वर्षा, पहिराेग्रस्त र तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाण्डाै – पूर्वका झापा, इलाम, भोजपुरसहित केही जिल्लामा ठूलो पानी परेको छ ।

झापाको शनिश्चरे, चन्द्रगढी आसपासमा पछिल्लो तीन घण्टामा ठूलो पानी परेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम छ । तटीय क्षेत्र तथा डुबान भइरहने होचा क्षेत्रहरुमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै, निरन्तर पानी परेकाले पहिरोग्रस्त क्षेत्रमा पनि सावधानी अपनाउन भनिएको छ । केही ठाउँमा ठूलो पानी परेको भए पनि देशका मुख्य नदीमा आउँदाे तीन दिनसम्म जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ ।

काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा पनि सामान्य पानी परिरहेको छ । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

आज तराई क्षेत्रका केही ठाउँमा पनि हल्का पानी पर्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma