Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

आजको मौसम : यी स्थानमा हुँदैछ वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज बिहान प्रदेश १, गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्यता बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

बाँकी प्रदेशका कुनै स्थानमा आंशिक बदली भए पनि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्यता बदलीको सम्भावना छ।

राती देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम सामान्यता सफा रहने महाशाखाको अनुमान छ। प्रदेश १, बागमती र  गण्डकीका थोरै र अन्य प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma