Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

अमेरिकी सहायक विदेशमन्त्री लू आज नेपाल आउँदै

काठमाडौं – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउने हुनुभएको छ। लु साँझ नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

नेपालमा रहँदा उहाँले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उहाँको भ्रमण हुन लागेको हो । यसअघि एमसीसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गर्नुभएको थियो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालगायत राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने बताइएको छ । नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही समयपछि लू नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma