Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

५० अर्ब घाटामा रहेको आयल निगमलाई फेरि नाफामूलक बनाउन सकिएला ?

काठमाडौ – इन्धन आपूर्तिको जिम्मा पाएको नेपाल आयल निगम यतिबेला ५० अर्बभन्दा बढी घाटामा रहेको दावी गर्छ ।

इन्धन खरिदका लागि सरकारसँग लिएको ऋण सात अर्ब पुगेको छ भने उसको दावी अनुसार पछिल्लो तीन वर्षदेखि निगम निरन्तर घाटामा छ ।
घाटा पूर्तिका लागि निमगले पेट्रोलियम पदार्थको मूल्य बढाए पनि समायोजन भने गर्दैन ।

चार वर्र्षअघि आयल निगम पहिलोपटक १८ करोड ६२ लाखको घाटामा गयो । त्यसअघि नाफामै थियो ।

२०७५ को जेठमा घाटामा गएको निगमले एक महिना पछि फेरि नाफा कमायो । त्यसपछि निगममा निरन्तर घाटा र नाफा हुने क्रम चलिरह्यो ।

आर्थिक वर्ष २०७६/०७७ देखि निगम निरन्तर घाटामा छ ।

२०७७ माघमा ४६ करोड ६६ लाख बराबरको घाटामा रहेको निगम हालको अवस्थासम्म आइपुग्दा ५० अर्बभन्दा बढीको घाटामा पुगेको छ ।
निगमले आर्थिक वर्ष २०७७ को वैशाखमा झन्डै साढे ५० करोड नाफा कमाएको थियो ।

निगम घाटामा जानुलाई कतिपयले निगमभित्रको अव्यवस्थित व्यवस्थापन र खर्चसँग पनि जोडेर टिप्पणी गरे भने कतिपयले विश्व बजारको महँगीसँग ।

निगमका पूर्व निर्देशक मुकुन्द घिमिरेले भने निगम घाटामा जानुको मुख्य तीन कारण रहेको बताउनुहुन्छ ।

केही वर्ष अघिसम्म नाफामा रहेको निगमलाई सरकारसँग ऋण तिर्नलाई ७ अर्ब सापटी लिनुपरेको अवस्था आएको भन्दै उपाध्यायले ७ अर्बले ५० अर्ब ऋण तिर्न पनि नसकिने बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समय कोरोना महामारीका कारण विश्व बजारमा परेको प्रभाव, डलरको भाउमा उतारचढाव, सरकारले तोकेको पूर्वाधार कर र समयमै मूल्य समायोजन गर्न नसकेको कारण निगम घाटामा गएको हो ।

‘सरकारले यदि समयमै मूल्य समायोजन गर्न सके र पूर्वाधार कर हटाएमा मात्रै पनि निगमलाई सहज हुनेछ ।’ उहाँ भन्नुहुन्छ ।

दुई वर्षअघि एक खर्ब ९३ अर्बको इन्धन आयात भएकोमा गत आर्थिक वर्षमा झन्डै ३ खर्बको इन्धन आयात भएको छ ।

बाह्य मुलुकबाट प्रशोधित पेट्रोलियम पदार्थ मात्रै नेपाल आयात हुने भएकाले पनि निगमलाई पछिल्लो समय विश्वव्यापी मूल्यवृद्धिले समस्यामा पारेको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगम घाटामा जानुले सबैलाई प्रभावित बनाएको भए पनि अहिलेलाई समस्या समाधान कसरी गर्ने भन्नेमा आफूहरू लागिरहेको बताउनुभयो ।

उहाँले निगम घाटामा जानुको मुख्य कारण प्रतिब्यारेल कच्चा तेलको मूल्य नै झन्डै २ सय नाघिसकेको र निगमलाई ऋण तिर्न पनि समस्या भइरहेको उल्लेख गर्नुभयो ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्यलाई असर पार्ने कारक तत्वहरूमध्येको एक विश्व बजार पनि हो । पेट्रोलियम पदार्थमा परनिर्भर रहेको नेपाललाई अब कति समयभित्र पहिलेकै अवस्थामा फर्काउन सकिन्छ ? अहिले नै भन्न सकिने अवस्था छैन ।

केहि वर्ष अघिसम्म नाफामा रहेको निगमलाई सरकारसँग ऋण तिर्नलाई ७ अर्ब सापटी लिनुपरेको अवस्था आएको भन्दै उपाध्यायले ७ अर्बले ५० अर्ब ऋण तिर्न पनि नसकिने बताउनुभयो ।

‘ऋण तीर्न बाँकी छ । मूल्य समायोजन गर्न पनि सकिएको छैन । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थकै मूल्य उच्च हुँदै गएको र डलरको मूल्य पनि बढिरहँदा समस्या थप भइरहेको छ । तर, पछिल्लो केही समयदेखि तेलको मूल्य स्थिर रहेकोले आउने दिनमा समस्या समाधान हुने र कसरी इन्धन आपूर्तिलाई सहज बनाउने त्यसतर्फ काम भइरहेको छ ।’ प्रवक्ता उपाध्यायले सुनाउनुभयो ।

निगमलाई फेरि नाफामूलक बनाउन सकिँदैन ? भन्ने सीआईएनको प्रश्नमा निगमका पूर्व निर्देशक मुकुन्द घिमिरले भन्नुभयो, ‘सबैभन्दा पहिले त इन्धनको खपत कम गर्न सक्नुपर्यो । अर्को भनेको सरकारले लगाएको पूर्वाधार कर हटाउनु पर्‍यो र समयमै मूल्य समायोजन गर्न सक्नु पर्‍यो। अन्यथा निगमलाई नाफा कमाउन समस्या नै हुन्छ ।’

नेपालमा पेट्रोलियम पदार्थको मूल्यलाई असर पार्ने कारक तत्वहरूमध्येको एक विश्व बजार पनि हो ।

पेट्रोलियम पदार्थमा परनिर्भर रहेको नेपाललाई अब कति समयभित्र पहिलेकै अवस्थामा फर्काउन सकिन्छ ? अहिले नै भन्न सकिने अवस्था छैन ।

तर खपतलाई कम गर्न सके आयल निगम सबैभन्दा धेरै राजश्व तिर्ने निकायमा पुनः सूचिकृत हुन सक्ने जानकारहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma