Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

विश्व बैंकबाट प्राप्त हुने १२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय

सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर अर्थात करिव १२ अर्ब ७० करोड रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आज मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको पनि बताउनुभयो ।

प्रवक्ता कार्कीका अनुसार सरकारले साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९÷०८० को नयाँ तलबमान र ग्रेड सरकारले स्वीकृत गरेको हो । जापान सरकारबाट पूर्वी तराईको सिञ्चाई प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने जापानी ऐन २२ सय ५६ मिलियन करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता पनि सरकारले स्वीकार गरेको छ ।

त्यस्तै, कानून तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका ५८ वटा पदहरूको स्थायी दरबन्दी र कृषि तथा पशु विकास मन्त्रालय अन्तर्गत राजपत्रांकितश्रेणीका २० वटा पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma