Developed By Kuldeep Sharma

पहिरो खसेपछि गोरुसिङ्गे–सन्धिखर्क सडक बन्द

अर्घाखाँची –  अर्घाखाँचीको सन्धिखर्क–६ नरपानीमा पहिरो गएपछि गोरुसिङ्गे–सन्धिखर्क सडक आज बिहानदेखि बन्द भएको छ ।

नरपानीको दहखोला नजिकै सडकमाथिबाट पहिरो खसेको छ । पहिरोले सडक बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्ण घिमिरेले जानकारी दिनुभयो । सडक बन्द हुँदा सन्धिखर्कबाट छुट्ने तथा बाहिरबाट सन्धिखर्क भित्रिने गाडी तथा यात्रु बीचबाटोमै रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma