

माधव बेल्वासे
कपिलवस्तु,३१ भदौ
विद्यालयमा चार वटा कक्षा कोठा छन् । सबै कोठाहरूको पानी पर्दा बाल्टी थाप्नुपर्ने बाध्यता छ । जीर्ण भवन,प्वाल परेको जस्तापाताले गर्दा विद्यार्थीहरू लाई मात्र होइन शिक्षक शिक्षिकालाई पनि समस्या छ । कक्षाकोठामै पानी चुहिन थालेपछि विद्यार्थीहरू पानी झल्न ओभानो तर्फ बस्ने गर्दछन् । पानीका छिटाहरू विद्यार्थीहरूका पुस्तकमा पर्दा कपि किताब नै भिज्ने गर्दछन् । यो समस्या कपिलवस्तुको शिवराज नगरपालिका ५ मा रहेको ज्ञान ज्योति आधारभूत विद्यालयको हो ।

सानो पानी पर्दा पनि कक्षाकोठामा बाल्टी भरिन्छ । ठुलो पानी पर्दा कक्षाकोठा नै जलमग्न हुने भएकोले विद्यालय बन्द गर्ने गरिन्छ । केही दिन देखि परेको अविरल वर्षाले विद्यालयको दैनिक पठनपाठनमा समस्या हुँदै आएको छ । वर्षा तको समयमा पठनपाठनमा निकै समस्या छ । भौतिक पूर्वधारको अभावले विद्यार्थीहरूको चाप पनि घट्दै गएको छ ।
२०६५ सालमा स्थापना भएको विद्यालय सुधारमा कसैको ध्यान जान सकेको छैन । स्थापना देखि यहाँ कुनै पनि संरचना बनेका छैनन् । गत वर्ष मेयर कोष वाट रु ५ लाखको बाउन्डी लगाइएको छ । गाउँ वाट आएको पानीको बहाव विद्यालयको कक्षाकोठामा पस्न थालेपछि बाउन्डी गरिएको हो ।
यस विद्यालय नजिकै रहेका सामुदायिक विद्यालयमा वर्षे नि करौडौका भवन बनिरहेका छन् । तर यस विद्यालयलाई बेवास्ता गरेको अभिभावकहरूको भनाई छ । यहाँ कामचलाउको भरमा पठनपाठन भइरहेको छ । ‘पानी पर्दा बाल्टी तथा भाँडाकुँडा राखेर पठाउने गरेका छौ, शिक्षिका कुण्डला गिरीले भनिन्, ‘वर्षा तको समयमा त निकै समस्या छ,विद्यार्थीहरूका कपि किताब समेत भिज्ने गर्दछन्, ।’
पटक पटक भवन बनाउन माग गरे पनि सम्बोधन हुन नसकेको प्रधानाध्यापक सीता अधिकारीको भनाई छ ।‘यो वर्ष पनि दुई कोठे भवन माग गरेकी हु,राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा पनि माग गरेकी हु, अधिकारीले भनिन्, ‘माग गरेर मात्र नहुँदो रहेछ, अहिले सम्म कुनै पनि निकायले विद्यालयको समस्या बुझ्न सकेन, ।
विद्यालयको समस्याको बारेमा आफू जानकार रहेको शिवराज नगरपालिकाका मेयर अजय थापाले बताए । विद्यालयका अनुगमन समेत गरेकोले उक्त विद्यालयको भौतिक संरचना निर्माणका नगरले विशेष ध्यान दिने जनाए । कक्षा तीन सम्म पठाई हुने यस विद्यालयमा १०३ विद्यार्थी रहेका छन् ।


प्रतिक्रिया