Developed By Kuldeep Sharma

डा. केसीलाई लिन गएकाे सेनाकाे जहाज रित्तै काठमाण्डाै फर्कियाे

कैलाली – स्वास्थ्य क्षेत्र सुधारको माग राखेर अनशनरत डा. गोविन्द केसी उपचारका लागि काठमाण्डौ जान अस्वीकार गरेपछि सेनाको जहाज रित्तै फर्किएको छ ।

डा. केसीले काठमाण्डाै नजाने अडान लिएपछि उहाँलाई लिन धनगढी गएको नेपाली सेनाको जहाज रित्तै काठमाण्डौ फर्किएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा तथा सेती प्रादेशिक अस्पतालका डाक्टका टोलीले केसीलाई उपचारका लागि काठमाण्डाै जान आग्रह गरे पनि उहाँले आफूलाई जटिल समस्या नभएकाले जबरजस्ती नगर्न आग्रह गरेपछि जहाज रित्तै फर्किएको हो । उहाँ उपचाररत सेती प्रादेशिक अस्पतालका डाक्टरले केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि उहाँलाई काठमाण्डौ उपचारका लागि ल्याउने तयारी गरिएको थियो ।

केसीको मांसपेशी सुक्दै गएको र अल्सर भइ रक्तश्रावकाे शङ्का भएको अस्पतालले  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma