Developed By Kuldeep Sharma

राष्ट्रिय खेलकुद छनौट उसुमा एउटै पालिकाका ७ ले जिते स्वर्ण

नेपालगन्जमा जारी नवौँ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेश छनौट अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ७ खेलाडीले उसु तर्फ ७ स्वर्ण पदक जितेका छन् । ५ वर्ष देखी उसु प्रशिक्षण सुरु गरेको बुद्धभूमिले जिल्लाको प्रतिनिधित्व गरेको थियो । सोमबार भएको खेलमा बुद्धभूमिका ५ खेलाडी रजत पदकमा सीमित हुनु भएको कपिलवस्तुका प्रशिक्षक दत्त पाण्डेले बताउनु भयो । जिल्लाले ६ पुरुष र ६ महिलालाई सहभागी गराएको थियो ।
बुद्धभूूमिका लक्ष्मी परियार (४५–४८ केजी समूह), निर्गेश श्रेष्ठ (५६–६०केजी), अभिशेख तङलामी(६०–६५ केजी समूह), श्वेता काउछा(६०–६५ केजी समूह), प्रकाश कुँवर (४५–४८ केजी समूह), सन्तोष अधिकारी (५२–५६ केजी समूह), सन्ध्या शिरिस मगर (५२–५६ केजी समूह) ले स्वर्ण पदक जित्नु भएको थियो । यसै गरी सुना काउछा, गङ्गा जिसी, निशान खनाल, मनीषा राना मगर, रोहित थारुले रजत पदक जित्नु भएको छ । उसुमा बाँकेले ८ स्वर्ण पदक जित्दै प्रथम र बर्दियाले ३ स्वर्ण पदक जितेर तृतीय स्थान हासिल गरेको छ । स्वर्ण पदक विजेतालाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma