

चन्द्रौटा,२ पुस
कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरिमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जना घाइते भएका छन् । पश्चिम वाट पूर्व जाँदै गरेको लु ८९ प ४२४३ स्कुटर र सोही दिशा वाट आउँदै गरेको दिशा लु ८१ प ६८३५ नम्बरको मोटरसाइकल शनिवार दिउँसो ठोक्किएका थिए ।
दुर्घटना वाट स्कुटर चालक शिवराज ९ बस्ने २७ कि सीमा घर्ती र मोटरसाइकल चालक शिवराज ३ बस्ने १८ वर्षीय मनोज चौधरी घाइते भएका छन् । उनीहरूको सञ्जीवनी अस्पतालमा सामान्य उपचार पछि बुटवल पठाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मोटरसाइकल र स्कुटर तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया