

सुर्य गुरुङ्
कपिलवस्तु – बिजगौरीमा क्रिसमस एकले अर्कोलाई शुभकामना आदनप्रदान गरि धुमधामसंग मनाईएको छ ।
बेथानी बप्तिस मण्डलीको आयोजनामा अफ्नै भवन बिजगौरी मा एक भव्य कार्यक्रमको आयोजना गरि हर्षउल्लासका साथ नाचगान शुभकामना साटासाट गरि मनाएकाे हो ।
प्रत्येक वर्ष डिसेम्बर २५ का दिन विश्वभरका इसाई धर्मावलम्बीले क्रिसमस मनाउँदै आएका छन्। इसाईको सबैभन्दा ठूलो यो पर्व विविध कार्यक्रमसहित धुमधामका साथ मनाउने गरिन्छ। यो पर्व केवल इसाईले मात्रै नभएर गैरइसाईले समेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउँदै आएका छन्। यो अन्तरधर्मको सम्मानमा देखिएको सद्भाव हो। यो पर्वसँग जोडिने विभिन्न किसिमका चिह्न एवं सङ्केतका कारण पनि यो पर्व सबैको साझा बन्न पुगेको हो।
नेपाल भौगोलिक हिसाबले विश्व मानचित्रमा सानो देखिए पनि बहुजाति, बहुसांस्कृतिक र बहुधार्मिक आस्था केन्द्रका रूपमा विशाल छ। भौगोलिक बनावट, वातावरण र संस्कृतिमा विविधता यहाँको विशेषता हो। यस्तै विशेषताले गर्दा नेपाल विश्वमा धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्रका रूपमा परिचित रहँदै आएको छ। अन्तरधर्मको सम्मान नेपाली समाजको अर्को विशेषता र परिचायक हो। नेपाली संस्कृति भन्नेबित्तिकै वेशभूषा, रीतिरिवाज, धार्मिक सद्भाव, पर्व, खानपान, जीवनशैली पर्छन्। सामाजिक रीतिरिवाज र संस्कृति धर्मसँग जोडिएको हुन्छ।
क्रिसमसको अवसर पारेर बेथानी बप्तिस मण्डलीले बिजगौरीका जेष्ठ नागरिकलाई दोसल्ला ओडाएर सम्मान गरेको छ । कार्यक्रममा पर्यटन बिकास सस्थाका अध्यक्ष माल बहादुर घर्ती ,सुक्ष्मा बिक लगायत स्थानीय समाजसेवीहरुको समेत सहभागी रहेको थियो ।


प्रतिक्रिया