Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

महोत्सवमा कृषि सामाग्री प्रदर्शन गर्ने २४ कृषक पुरस्कृत

माधव बेल्वासे
चन्द्रौटा,१९ पुस
व्यापार संघ कपिलवस्तुले आयोजना गरेको सातौँ चन्द्रौटा महोत्सवमा कृषि सामाग्री प्रदर्शन गर्ने २४ जना कृषक पुरस्कृत भएका छन् । शिवराज नगरपालिका कृषि विकास शाखाले जारी गरेको सूचना बमोजिम कृषकले उत्पादन गरेका सामाग्रीहरु बिच महोत्सवमा प्रदर्शन गरि प्रतिस्पर्धा गराइएको थियो ।
खाद्यान्न,दलहन,तेलहन, फलफूल,तरकारी,प्रविधि,मत्स्य समूह गरि ७ वटा विधामा उत्कृष्ट कृषकहरूलाई पुरस्कृत गरिएको शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारचन्द्र चौधरीले बताउनुभयो । कृषकहरूले उत्पादन गरेको सामाग्रीलाई प्रतिस्पर्धा गराई उत्कृष्ट कृषकहरूलाई नगद सहित सम्मान गर्दा हौसला बढ्ने शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो ।
महोत्सव आयोजकले निशुल्क रुपमा स्टल उपलब्ध गराइ यस क्षेत्रका किसानहरूले उत्पादन गरेको सामाग्रीहरूले प्रदर्शन गर्न सहयोग गरेकामा धन्यवाद दिनुभयो । महोत्सवले कृषि क्षेत्रको विकासमा टेवा पुराउने भएकोले कृषि महोत्सवमा कृषकहरू सहभागिता हुनुपर्नेमा थारुले जोड दिनुभयो । कृषकहरूलाई पुरस्कृत गर्दै उपप्रमुख थारुले कृषकहरू बिचको प्रतिस्पर्धाले आगामी दिनमा कृषकहरूलाई कृषि उत्पादनमा थप वृद्धि हुने जिकिर गर्नुभयो । महोत्सवमा कृषकहरू बिच प्रतिस्पर्धा गराई उत्पादनको आधारमा पुरस्कार वितरण गरिएको छ,थारुले भन्नुभयो,शिवराज नगरपालिका सबै गाउँहरूमा विभिन्न सामाग्रीको पकेट क्षेत्र बनाउनुपर्छ, ।
महोत्सव मूल आयोजक समितिका संयोजक महादेव पोख्रेलले महोत्सवले कृषिमा आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । कृषकहरूले उत्पादन गरेका सामाग्री महोत्सवमा प्रदर्शन भएकोले अन्य व्यक्तिहरूको कृषि तर्फ आकर्षित भएको बताउनुभयो । प्रथम हुने कृषकहरूलाई रु २ हजार,द्धितिय हुने कृषकहरूलाई रु १ हजार ५ सय र तृतीय हुने कृषकहरूलाई रु १ हजार पुरस्कार प्रदान गरिएको शिवराज नगरपालिका कृषि प्राविधिक चित्रा पोखरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma