कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको एक पसलमा आगलागी भएको छ । चन्द्रौटा चोक नजिकै रहेको किड्स क्याम्प एन्ड गिफ्टसपमा आगलागीले भएको हो । पसलमा रहेका सबै सामानहरू पुर्णरुपमा जलेर नष्ट भएका छन् । कस्मेटिक समान,कपडा,गिफ्ट सामान लगायतका सामाग्री ध्वस्त भएका छन बुधवार राती करिब ९ आगलागी भएको हो ।
आगोलाई शिवराज नगरपालिकाको दमकल,सशस्त्र प्रहरी बल , नेपाल प्रहरीको सहायताले करिब १ घण्टा पछि नियन्त्रणमा आएको छ । आगो कसरी लाग्यो भन्ने बारे खुल्न सकेको छैन भने क्षेतीको विवरण आउन बाकी छ ।
प्रतिक्रिया