Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

हिमपात साना किसान सहकारीको साधारण सभा सम्पन्न,अध्यक्षमा केसी

हिमपात साना किसान कृषि सहकारी संस्थाको छैटौँ साधारण सभा सम्पन्न भएको छ । चन्द्रौटा दुर्गा मन्दिरको प्राङ्गणमा भएको सभालाई सम्बोधन गर्दै बोल्ने वक्ताहरूले हिमपात साना किसान कृषि सहकारी छाटो समयमा राम्रो उपलब्धि गरेको बताएका छन् ।
सभाको अवसरमा विभिन्न विधामा उत्कृष्ट काम गर्ने सदस्यहरूलाई सम्मान गरिएको छ । असल ऋणी, दूध उत्पादन, कुखुरा उत्पादन,तरकारी उत्पादन र धेरै बचत गर्ने सदस्यले सम्मान गरिएको सञ्चालक समितिका सदस्य शिशिर लामिछानेले बताउनुभयो ।
त्यस्तै सभाले पदपूर्ति समेत गरेको छ । अध्यक्ष पदमा कार्यवाहक अध्यक्ष तथा उपाध्यक्ष जीवन केसीलाई चयन गरिएको छ । उपाध्यक्षमा नारायण आचार्य सदस्यहरूमा सरिता विक,सिता भट्टराईलाई चयन गरिएको छ ।
कार्यक्रममा शिवराज नगरपालिका वडा न ५ का अध्यक्ष नेत्र प्रसाद बेल्वासे, वडा न २ का अध्यक्ष राम बहादुर चौधरी,वडा न ९ का अध्यक्ष गोपाल थारु,शिवराज नगरपालिका पशु विकास शाखाका प्रमुख धनेश्वर खनाल,राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका सभापति विष्णु खतिवडा,युवा नेता राजेन्द्र आचार्य लगायतले मन्तव्य दिनुभएको थियो ।
कार्यवाहक अध्यक्ष जीवन केसीको अध्यक्षता,संस्थापक अध्यक्ष शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रमको सञ्चालन शिशिर लामिछानेले सञ्चालन गर्नुभएको थियो । सभामा ६ सय बढि सदस्यहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma