माधव बेल्वासे
चन्द्रौटा,२४ पुस
कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ का ८० जना ज्येष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गरिएको छ । वडा कार्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरी ८० वर्ष माथिका वृद्धवृद्धालाइ न्यानो कम्बल वितरण गरेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।
चिसो बढेसँगै तराईमा जनजीवन प्रभावित बनेको र वृद्धवृद्धालाइ असर पर्ने भएकोले प्रत्येक वर्ष न्यानो कपडाहरू वितरण गरिएको सापकोटाले बताउनुभयो । चिसो मौसममा वृद्ध वृद्धालाई बढी जोखिम हुने भएकोले चिसोबाट बचाउन परिवारका सदस्यहरूले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । सापकोटाले वडामा आउन नसकेका वृद्धाहरूलाई घरमै पुगेर न्यानो कम्बल प्रदान गरिने जनाउनुभयो । “हरेक वर्षको वडा मार्फत सम्मान तथा न्यानो कपडा वितरण गर्ने कार्यक्रम राखिएको छ, सापकोटाले भन्नुभयो, “यो चिसो मौसममा केहि भएपनि सहजता हुने छ, ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले उच्च जोखिममा रहेका वृद्ध वृद्धालाई वडाले न्यानो कम्बल वितरण गरेको बताउनुभयो । नगरका अभिभावकको रूपमा रहेका वृद्धवृद्धाहरुलाई नगरले प्रत्येक वर्ष सम्मान गर्ने गरेको पाण्डेले बताउनुभयो । चनइ स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले नागरिकहरूको स्वास्थ्यमा कुनै समस्या आएमा स्वास्थ्य चौकीमा आउन आग्रह गर्नुभयो । चिसो मौसमको समयमा विभिन्न रोगहरू लाग्न सक्न भएकोले सचेत हुनुपर्ने पौडेलले बताउनुभयो ।
प्रतिक्रिया