माधव बेल्वासे
चन्द्रौटा,२५ पुस
सातौँ चन्दौटा डान्स आइडलको उपाधि अनुसा भण्डारी र कमल पाण्डेले पाएका छन् । शिवराज नगरपालिका ३ बस्ने भण्डारी र पाण्डेले १२ जना प्रतिस्प्रर्धीहरुलाई हराउँदै जित्न सफल भएका हुन् । विभिन्न चरणमा प्रतिस्पर्धा र भोटिङको आधारमा विजेता घोषणा गरिएको डान्स आईडलका निर्णायक अक्षय थारुले बताउनुभयो । उनीहरूलाई रु ५० हजार,साइकल र सम्मान पत्रले सम्मान गरिएको छ । उपविजेता सङ्गम रोका मगर भएका छन् । उनले रु २० हजार पाएका छन् ।
त्यस्तै मम्मी डान्स आइडलको उपाधि खुसी थारुले पाउनुभएको छ । ६ जना प्रतिस्प्रर्धीहरुलाई हराउँदै थारुले विजेता बन्नुभएको छ भने उपविजेता पार्वती अधिकारी बन्नुभएको छ ।
महोत्सवमा आइडल सञ्चालन गरेर लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन मद्दत पुगेको मेला मूल आयोजक समितिका संयोजक महादेव पोखरेलले बताउनुभयो । डान्स आइडल विगतमा पनि हुने गरेको तर मम्मी डान्स आइडल पहिलो पटक सञ्चालन गरेको पोखरेलले बताउनुभयो ।
कृषि पर्यटन उद्योग र व्यापार व्यावसायिक दिगोपन हाम्रो मुख्य आधार भन्ने नारासहित व्यापार सङ्घ कपिलवस्तुले पुस ७ गते देखि २३ गते सम्म सातौँ चन्द्रौटा महोत्सव आयोजना गरेको थियो ।
प्रतिक्रिया