कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर चोकमा पृथ्वीनारायण शाहको सालिक स्थापना हुने भएको छ । बुधवार ३०१ औ जन्म जयन्तीको अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सिले शिलान्यास गरेका छन् । रु २५ लाखको लागतमा निर्माण हुने सालिक सहित पार्क पनि निर्माण हुने बताइएको छ । सालिक शिलान्यास गर्दै लुम्बिनी प्रदेश सभा सदस्य के.सी.ले पुर्खा र पूर्वजहरूलाई सम्मान गर्नु पर्ने बताउनुभयो ।
बाइसे चौबिसे राज्य रहेको अवस्थामा एकीकरण गरी सिगों नेपाल निर्माणका नायकको जन्म जयन्ती कै अवसरमा सालिक शिलान्यास गरिनु निकै सान्दर्भिक रहेको बताउनु भयो ।
आफू निर्वाचित भएर आए पछि पहिलो आर्थिक बजेटमा नै राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सालिक स्थापन गर्ने निर्णय गरेको नगर प्रमुख अजय थापाले बताउनु भयो । खरेन्द्रपुर चोकमा विभूति पार्क निर्माण गरिने र यसले देश निर्माण बनाउने व्यक्तिलाई सम्मान सहितको नगरको समेत सान रहने नगर प्रमुख थापाले बताउनु भयो ।
विभूति पार्कको निर्माण सँगै राष्ट्र निर्माता शाहको सालिक निर्माण गरी पछि राष्ट्रिय विभूतिहरूको सम्मानार्थ नगरपालिकाले आ.ब. ०७९।०८० मा छुट्टाएको बजेट रु. २५ लाखको लागतमा सालिक निर्माण हुने वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनु भयो ।
राष्ट्र निर्माता शाहका सम्मान र इतिहासको जर्गेनाका लागि गरिएको सालिक शिलान्यास कार्यक्रमलाई स्थानीय बासीले समेत सकारात्मक रूपमा लिएका छन् ।
प्रतिक्रिया