कपिलवस्तु, २७ पुस
कपिलवस्तुमा प्रधानाध्यपकको कुटाईबाट एक शिक्षक घाइते भएका छन । कपिलवस्तुको यशोधरा गाँउपालिका वडा न ं६ रगंपुरमा रहेको बासुदेव जनता माध्यमिक विद्यालयका प्रधानाध्यापकको बृहस्पती पाण्डेको कुटाईबाट शिक्षक अखलेश गुप्ता घाइते भएका हुन । तलब लेनदेनको विषयमा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
उक्त घटना पुस २४ गते आइतबार भएको हो । शिक्षक गुप्ताको आँखामा गम्भीर चोट लगेको थियो । प्रधानाध्यपकको कुटाईबाट घाइते भएका अखलेश गुप्ता विद्यालय नजिकै रहेको रहेको प्रहरी चौकी रगंपुरमा गएका थिए ।
प्रधानाध्यापकको बृहस्पती पाण्डेको कुटाईबाट घाइते भएका शिक्षकको आफन्तहरुले प्रहरी चौकी रगंपुर घेराउ गरेका थिए ।
प्रहरी चौकी रंगपुरले कुटपिट गर्ने प्रधानाध्यपकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय तौलिहवा पठाएको प्रहरी चौकी रगंपुर इन्चार्ज तोक बहादुर बस्नेतले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय तौलिहवाले पक्राउ परेका प्रधानाध्यपक पाण्डेलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अघि बढाएको जिल्ला प्रहरी नायब उपरिक्षक मिन बहादुर घले बताउनुभयो ।
घटनाको छानविन तथा अनुसान्धान जारी राखेको नायब उपरिक्षक मिन बहादुर घलेले जानकारी दिनुभयो । घाइते शिक्षकको उपचार भैहरको छ ।
प्रतिक्रिया