Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

शिवराजको १२ औँ नगरसभा : ६ वटा विधेयक,३ वटा नियमावली सर्वसम्मत पास

माधव बेल्वासे
चन्द्रौटा,२८ पुस
कपिलवस्तुको शिवराज नगरपालिकाको १२ औँ नगर सभाले ६ वटा विधेयक,३ वटा नियमावली सर्वसम्मत पास भएको छ । बिहीबार वडा न ५ को सभा हलमा भएको नगरसभामाले निःशुल्क शिक्षा देखि नगर प्रहरी राख्ने बाटो खुलेको छ ।
सभाले विनियोजन ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक,आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक,शिवराज नगरपालिकाको नगर प्रहरी विधेयक २०७९,खानेपानी सरसफाइ तथा स्वच्छता विधेयक २०७९,स्थायी कर्मचारीको प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धको विधेयक र अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन विधेयक पारित भएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले बताउनुभयो ।
त्यस्तै विधेयक समिति सञ्चालन तथा गठन नियमावली २०७९ ,सुशासन समिति गठन तथा सञ्चालन नियमावली २०७९ र लेखा समिति सञ्चालन तथा गठन नियमावली २०७९ पारित गरेको पाण्डेले बताउनुभयो । विधेयक तथा नियमावली पारित भएसँगै अब नगरले लिएमा लक्ष्यलाई पुरा गर्न सहज हुने नगरप्रमुख अजय थापाले बताउनुभयो ।
आफूले निर्वाचन अघि नै नगरमा निःशुल्क शिक्षाको अवधारण अघि सारेको र अब लागू हुने प्रक्रिया अघि बढिसकेको थापाले बताउनुभयो । नगरका चौतर्फी विकासको लागि सबै जनप्रतिनिधि लाग्नुपर्ने धारणा राख्दै सबैको काँधमा जिम्मेवारी रहेको जिकिर गर्नुभयो । नगर उपप्रमुख शिवकुमारी थारुले शिक्षा सँगै स्वास्थ्य क्षेत्रमा पनि नगर संवेदनशील बन्नुपर्ने बताउनुभयो । सभाका सदस्यहरूले विभिन्न विषयमा धारणा राखेका थिए । निःशुल्क शिक्षा अनिवार्य रहे पनि त्यसलाई नगरले धान्न सक्ने या नसक्ने विषयमा केही बेर छलफल भएको थियो ।
नगर प्रहरी विधेयक पारित भए पनि अब नगरको कार्यपालिकाले निर्णय अनुसार दरबन्दीको विषयमा गम्भीर छलफल गरेर प्रक्रिया अघि बढाउने वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । स्रोतको व्यवस्थापन विषयमा केही समस्या रहे पनि समाधान गर्नुपर्ने सापकोटाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma