Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

माघी मेलामा ग्यास विस्फोट हुँदा एकको मृत्यु

कपिलवस्तु,२ माघ
कपिलवस्तुमा आइतबार ग्यास विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका ९ चौवामा आयोजित माघी मेलामा बेलुनमा ग्यास भर्ने क्रममा विस्फोट भएको बताइएको छ । मृत्यु हुनेमा वाणगंगा नगरपालिका ८ बस्ने ६५ वर्षीय नासिम महोम्द रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
नसिमले विगत लामो समय देखि व्यवसाय गर्दै आएका थिए । सोमवार देखि चलिरहेको मेलामा उनले बालबालिकाहरूको खेलौनाको रूपमा रहेको बेलुनको व्यवसाय गरेका थिए । घटना भएपछि प्रहरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma