Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिविर मार्फत भत्ता वितरण गर्दै शिवराज नगरपालिका

शिवराज नगरपालिकाका मेयर अजय थापाले दोस्रो त्रेमासिकको सामजिक सुरक्षा भत्ता बैङ्किग शिविर मार्फत वितरण गरिने योजना अनुसार नगरपालिकाले सम्पुर्ण प्रकिया पुरागरि काम अगाडी बढाएको जानकारी दिएका छन् । माघ महिनाको ९ गते वाट जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुमा पुर्ण अशक्त र अति अशक्त भएका व्यक्तिहरुलाई भत्ता वितरण गरिने थापाले बताए । शिवराज नगरपालिकाको सामाजिक सुरक्षा तथा पत्र्जीकरण उप-शाखाको तथाङ्ग अनुसार शिवराज नगरपालिकामा कुल भत्ता खाने लाभग्राही १२८२० रहेको उप-शाखामा कार्यरत भावना पौडेलले बताइन् । शिवराज नगरपालिकाले आफनो पालिका भित्र प्रत्येक त्रेमासिकमा लगभग ६ करोड रुपैया सामजिक सुरक्षा भत्ता वितरण गर्दे आएको प्रमुख प्रशासीय अधिकृत राकेश पाण्डेले बताए । बैङ्किग शिविर मार्फत भत्ता वितरण गर्दा ३९९२ जनाले वडा मार्फत सेवालिना सकिने थापाले बताए । थापाले बृद्ध र अपाङ्गता भएका व्यक्तिहरुले बैङ्कमा लाइन बसेर भत्ता लिने गरेको दृष्यले आफुलाई पिडा बोद्ध गराएकोले घर आगनामा भत्ता वितरण गर्ने निर्णय लिएको बताए । आफनो चुनाबी घोषण पत्रमा समेत भत्ता वितरणलाई सहज बनाउने प्रतिब्धता व्यक्त गरेकोले यसलाई मुत रुप दिएको थापाले बताए । थापाले फेसबुक स्टाटस लेख्दै वृद्ध बुवा आमाले दु:ख गर्दे चन्द्रौटा धाउनु नपर्ने र वडा मार्फत बैङ्किग शिविर संचालन गरि भत्ता वितरण गर्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma