Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

माओवादी केन्द्र कपिलवस्तु वैठक सम्पन्न , पत्रकार पौडेलको निधनप्रति शोक सभा

नेकपा माओवादी केन्द्र कपिलवस्तुको जिल्ला समन्वयन समितिको पूर्ण वैठक बसेको छ । गत निर्वाचनको समिक्षा सहित विभिन्न निर्णयहरु गर्दै वैठक सम्पन्न भएको छ । पार्टीलाई मजबुत बनाउन सबै गाउँ,नगर कमिटिहरु सक्रिया हुनुपर्नेमा जोड दिइएको छ । त्यस्तै वैठकको अवसरमा गत आइतवार पोखरामा भएको विमान दुर्घटनामा परि ज्यान गुमाउने पत्रकार त्रिभुवन पौडेल लगायतको स्मृतिमा प्रेस सेन्टर कपिलवस्तुले शोकसभा गरेको छ । प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रहेका पौडेलको स्मृतिमा देशैभरीका शाखा कमिटीहरूले शोकसभा गर्ने केन्द्रिय सर्कुलर अनुसार कपिलवस्तुमा पनि शोकसभा गरिएको जिल्ला अध्यक्ष अर्जुन बेल्वासेले जानकारी दिए ।
शोकसभामा बोल्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले दुर्घटनामा ज्यान गुमाउने पत्रकार पौडेल लगायत सम्पूर्णमा श्रद्दान्जली अर्पण गरे । सो क्रममा उनले यस प्रकारका भयानक दुर्घटनाबाट गम्भीर पाठ सिकेर आगामी दिनमा दुर्घटना दोहोरिन नदिन सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताए । प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य डिलाराम भुसालले नेपाली पत्रकारिता जगतले एक होनहार पात्र गुमाएकोमा दुख व्यक्त गरे । कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्यहरु, जिल्ला संयोजक विष्णु बेल्वासे लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma