Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

विपद् जोखिम न्यूनीकरण सम्बन्धी तीन दिने तालिम सुरु

माधव बेल्वासे
कपिलवस्तु १५ माघ

कपिलवस्तुको चन्द्रौटामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी तीन दिने तालिम सुरु भएको छ । तालिममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको तालिम माघ १७ गते सम्म चल्ने छ ।
सिद्धार्थ ग्रिन रिसोर्टमा आइतबार देखि सुरु भएको तालिममा पछिल्लो समयमा रहेका विपद् जोखिम,लैगिक समानता,अपागंता एवं सामाजिक समावेशीकरण,राज्यको नीति जोखिम व्यवस्थापन समितिको काम कर्तव्य,पूर्व चेतावनी प्रणाली ,परिणामको क्षेत्र,लगायतको विषयमा प्रशिक्षण दिइने बताइएको छ ।


महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालय र सङ्घीय स्तरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय, युएनडिपी, युनिसेफ, यूएनवुमनको नेतृत्व, नेपाल रेडक्रस सोसाइटी,Eu\ECHO को आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी सुपर प्रोजेक्टले द्रुत लेखाजोखा,भूकम्प जोखिम अभिमुखीकरण,विषयगत बैठक,कृतिक घटना अभ्यास, जोखिम न्यूनीकरण सम्बन्धी सञ्चार कर्मीलाई तालिम,विपतको समयमा प्रदेश स्तरीय कार्यक्रमहरूमा निरन्तर काम गर्दै आएको सुपर प्रोजेक्टका सूचना व्यवस्थापन अधिकृत राजकुमार घिमिरेले बताउनुभयो ।
विपद् पूर्व तयारी परियोजनाः सहरी विपद् तथा भूकम्पीय पूर्व तयारीको विषयमा समेत सहभागीहरूले अनुभव आदानप्रदान गर्ने बताइएको छ । उद्घाटन सत्र मा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव तथा संरक्षण क्लष्टरका प्रमुख शारदा बस्यालको अध्यक्षता , महिला विकास अधिकृत कमला पोैडेलको स्वागत मन्तव्य रहेको थियो । तालिममा युएन ओमनका प्रतिनिधि समा श्रेष्ठले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो ।
उक्त कार्यक्रममा आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयका महाशाखा प्रमुख यम बहादुर कुँवर, नेपालगन्ज उपमहानगर पालिकाका वडा अध्यक्ष समीर प्रताप सिंह , रेडक्रस लगायत १२ जिल्लाका सघसस्ठाहरुको प्रतिनिधि तथा प्रमुखहरूको सहभागिता रहेको छ । उक्त कार्यक्रम आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालय अधिकृत माधव मिश्रले सञ्चालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma