Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

विपद् जोखिम क्षेत्रहरुको विषयमा कार्यशाला

शहरि विपद् भुकम्पीय पूर्वतयारी परियोजना अन्तरर्गत व्यवसाय निरन्तरता कार्ययोजना सम्वन्धि छलफल तथा कार्यशाला सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा रहेको लुम्बिनी ग्रीन रिसोर्टमा आयोजित कार्यशालामा प्रदेशका १२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालय र सङ्घीय स्तरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय, युएनडिपी, युनिसेफ, यूएनवुमनको नेतृत्व, नेपाल रेडक्रस सोसाइटी,भ्ग्भ्ऋज्इ को आर्थिक सहयोगमा कार्यशाला आयोजना गरिएको हो ।
कार्यशालामा बोल्दै आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालय सचिव कोमल प्रसाद धमलाले विधि पद्धती प्रकृया प्रविधि लगायतको प्रयोगले विपदको सामाना गर्न सकिने बताउनुभयो । सर्वप्रथम आफ्ना व्यवसायलाईलाई विपद्बाट बचाउन विधिको बारेमा जानकार हुनुपर्नेमा जोड दिनुभयो ।
महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिपकराज नेपालले विपद्का घटना जुनसुकै बेला घटन सक्ने भएकोले पूर्वतयारी गर्नुपर्ने बताउनुभयो । युनिसेफका प्रतिनिधि संकर पौडेलले सुपर प्रोजेक्टको गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो । कार्यशालामा जोखिम क्षेत्रहरुको नक्सा प्रदर्शन समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma