कपिलवस्तु – यो देशलाई राम्रो,नेपाली जनताको बनाउनु पर्ने बिदेशी हरुको खेल मैदान बन्न दिन नहुने नेकपा महासचिव नेत्र बिक्रम चन्द बिप्लवले बताउनु भयो ।
कपिलवस्तुको शिवराज नगरपालिका-९ स्थित बानियाभारमा शिवगढी युवा संजालको आयोजना भएको एक दिवसीय लुम्बिनी प्रदेश स्तरीय कराते छनौट प्रतियोगितालाई सम्बोधन गर्दै बिदेशी आएर मालिक बन्ने यहि देश नागरिक गुलाम बन्नु पर्ने अवस्था रहेको भन्दै त्यस्तो हुन नदिने र दिन नहुने महासचिव बिप्लवले बताउनु भएको हो ।
हाल नेकपाले बेथितिको विरुद्ध लड्दै गर्दा बाहिर आतंक जस्तो बुझाई पर्न गए पनि सत्यता त्यो नभएई, नेकपाले यो देशलाई जनताको बनाउन चाहेको सुखी र सम्पन्न देश बनाउन चाहेको उहाको भनाई छ । युवाहरु खेल क्षेत्र होस या अन्य क्षेत्रले मात्र असफलता दिदा युवाहरु निराश हुँदै अन्य देशमा श्रम गर्न र ठगीन बाध्य भएको भन्दै देशमा गरिखाने बाताबरण बनाउन हामी बाटै सम्भव भएकोले सबै बेथिति बिरुद्ध लड्नु पर्ने उहाले बताउनु भयो ।
छनौट प्रतियोगितामा लुम्बिनी प्रदेशको सयौं खेलाडी सहभागी भए पनि २२ जना उत्कृष्ट खेलाडीले र्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने आयोजक सस्थाका संयोजक अबिनाश रोकाले जानकारी दिनुभयो ।
प्रतिक्रिया