Developed By Kuldeep Sharma

विजयनगरमा वडाबाटै सामाजिक सुरक्षा भत्ता र परिचय पत्र वितरण

माधव बेल्वासे
कपिलवस्तु,२६ माघ
कपिलवस्तुको बिजयनगर गाउँपालिकाले वडा कार्यालय बाट सामाजिक सुरक्षा भत्ता र परिचय पत्र वितरण गरेको छ । ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा अशक्त नागरिकहरूलाई बैक सम्म आउजाउ गर्न समस्या भएपछि गाउँपालिकाले वैकिङ शिविर आयोजना भत्ता वितरण गरेको हो ।
बिजयनगर गाउँपालिका वडा ३ का बासमती कोरिले वडा कार्यालय बाटै भत्ता पाउँदा खुसी लागेको बताउनुभयो । ‘बैकमा भिडभाड हुँदा दिनभर समय बित्यो, कोरीले भन्नुभयो, ‘अहिले नजिकै वडा कार्यालय वाट भत्ता पाउन थालेपछि निकै सजिलो भयो, । सामाजिक सुरक्षा भत्ता लिन वडा कार्यालय पुगेका बल बहादुर पुनले पनि वडा कार्यालय बाट भत्ता पाउन थालेपछि सहज भएको बताउनुभयो । बैकमा समय पनि लाग्ने र झन्झटिलो पनि हुने भएकोले वडा कार्यालय बाट भत्ता दिनु सकारात्मक काम गरेको बताउनुभयो ।
नागरिकहरूको सहजताको लागि वैकिङ शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो । भौगोलिक विकट गाउँका नागरिकहरू बैक सम्म पुग्न समय र खर्च बढि हुने भएकोले वडा वडाबाट भत्ता वितरण गर्न सुरु गरिएको थापाले बताउनुभयो । गाउँपालिका क्षेत्र भित्र रहेको प्रभु बैक र पंजिकरण शाखाका कर्मचारीहरू शिविरमा खटिएको उहाँले बताउनुभयो । शिव
७ वटा वडा रहेकोमा प्रत्येक वडामा दुई दिन वितरण कार्य भइरहेको सामाजिक सुरक्षा पंजिकरण शाखामा प्रमुख नारायण अर्यालले बताउनुभयो । वृद्धा वृद्ध,अपाङ्ग अशक्तहरूलाई प्राथमिकताका साथ भत्ता वितरण गरिएको अर्यालको भनाई छ । दोस्रो त्रैमासिकमा गाउँपालिकाले ६ हजार ७१६ जनाको लागि ३ करोड, ५९ लाख ९६ हजार ९३१ रुपैयाँ निकासा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma