कपिलवस्तुको शिबराज नगरपालिका ५ नौडिहवामा आइतबार बाट वडा स्थरिय क्रीकेट प्रतियोगिता हुने भएको छ । खैरी न्यु युवा क्लबको आयोजनामा २० हजार पुरस्कार राशी रहेको प्रतियोगिता हुने आयोजक क्लबका अध्यक्ष अजय सुनारले जानकारी दिनु भयो ।
वडा स्तरीय नकाआउट क्रीकेट प्रतियोगितामा ११ टिमको सहभागिता रहने क्लबका कोषाध्यक्ष जैस मोहम्मद गद्दीले बताउनु भयो । प्रतियोगितामा प्रथम पुरस्कार २० हजार नगद, र उपबिजेतालाइ १० हजार नगद पुरस्कारका साथै शिल्ड मेडल प्रदान गरिने कोषाध्यक्ष गद्दीले बताउनु भयो । खेललाइ ब्यबस्थित र मर्यादित बनाउन सबै खेलाडिलाइ अनुशासित रुपमा खेल प्रदर्शन गर्न आग्रह गर्दै प्रतियोगितामा सहभागी भै खेलको मज्जा लिन दर्शकलाई उपस्तिथि हुन अनुरोध गर्नु भयो । प्रतियोगिता आइतबार बिहान १० बजे बाट सुरु हुने आयोजकले बताएको छ ।
प्रतिक्रिया