Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

विजयनगर आन्तरिक श्रोतमा ६६ लाख राजश्व संकलन

दिपक के.सी.
बैशाख २४
कपिलवस्तुको विजयनगर गाउँपालिकामा आ.व.०७९/०८० मा हाल सम्म आन्तरिक स्रोतबाट जम्मा ६६ लाख १६ हजार ९ सय १७ रुपैया ६६ पैसा राजश्व संकलन भएको छ । पालिकाले आ.ब. ०७९/०८० मा आन्तरिक श्रोत तर्फ ४ करोड ५३ लाख ६७ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।
आर्थिक बर्ष सकिन २ महिना मात्रै बाकि रहदाँ अनुमानित आयको ४१ प्रतिशत रकम प्राप्त गर्न बाँकी रहेको गाउँपालिका लेखा प्रमुख हिमकान्त आचार्यले बताउनु भयो । गाउँपालिकाले आ.ब. ०७९/०८ मा बार्षिक अनुमानित आय तर्फ ६६ करोड ४५ लाख ६५ हजार तर्जुमा गरेको छ । जसमा हाल सम्म ३९ करोड ३७ लाख ५ हजार, ८ सय ४१ रुपैया १८ पैसा आम्दानी गरेको छ ।

संघले पठाउने समानिकरण अनुदान ५० प्रतिशत रकम प्राप्त गर्न बाकी रहेको लेखा प्रमुख आचार्यले बताउनु भयो । आर्थिक अवस्था कम्जोर बन्दै गर्दा प्रदेश समानिकरण अनुदान ५० प्रतिशत रकम घट्ने भनेकोले पालिकाले बनाएका योजना र कार्यक्रम समेत प्रभावित हुने उहाँले बताउनु भयो ।गाउँपालिकाले अनुमानित आय तर्फ नेपाल सरकार समानिकरण अनुदानमा १३ करोड १५ लाख मध्ये ९ करोड ८६ लाख २५ हजार आम्दानी गरेको छ । यस्तै लुम्बिनी प्रदेश समानिकरण अनुदान ७२ लाख ९ हजार मध्ये ५० प्रतिशत घट्दा ३६ लाख ४ हजार ५ सय आम्दानी गरेको छ । यस्तै राजश्व बाडफाँडमा ३ करोड ४४ लाख अनुमान गरिएकोमा हाल सम्म ५३ लाख ५९ हजार ८ सय २७ रुपैया मात्रै आम्दानी भएको छ ।राजश्व बाडफाँड संघिय सरकार तर्फ ११करोड ६३ लाख ७१ हजार अनुमान गरिएकोमा हाल सम्म जम्मा ६ करोड ७ लाख ८४ हजार ५ सय ३० रुपैया १९ पैसा आम्दानी भएको गाउँपालिका लेखा शाखा प्रमुख आचार्यले बताउनु भयो ।
गाउँपालिकामा अनुमानित आयमा गिरावट आउदाँ योजना तथा कार्यक्रम समेत प्रभावित भएको गाउँपालिका योजना शाखा प्रमुख बोधराज भुसालले बताउनु भयो । गाउँपालिकामा हाल सम्म वडा र पालिका स्तरिय गरेर १ सय ३१ वटा योजनाहरु सम्झौता भएको र ६३ वटा योजनाहरु कार्य सम्पन्न भई भुक्तानी प्रक्रियामा गई भुक्तानी समेत भइसकेको भुसालले बताउनु भयो । सम्झौता भइ सकेका अन्य योजनाहरु तिब्र रुपमा कार्यन्वन भैरहेको समेत उहाँले बताउनु भयो ।

गाउँपालिले अनुमानित गरे भन्दा कम आम्दानी भए पछि गाउँपालिकाले प्राथमिकताका आधारमा योजनाहरु कार्यन्वन गरेको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो । यस बर्ष योजना रहेका तर रकम अभावका कारण कार्यन्वन हुन नसकेका योजनाहरुलाई आगामी बर्षको कार्यक्रममा समावेश गरेर लैजाने अध्यक्ष थापाले बताउनु भयो । गाउँपालिकामा बजेट अभाव भए पछि नयाँ योजनाहरुको सम्झौता नगरिने तर आगामी आर्थिक बर्षको योजन तथा कार्यक्रममा समावेश गरिने उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma