Developed By Kuldeep Sharma

१२ महिना अगाडि

लुम्बिनी प्रदेशमा अन्तरसरकारी वित्तीय हस्तान्तरणको १५ अर्ब ३८ करोड ४२ लाख बजेट

बुटवल – अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको आगामी वर्षको बजेटमा लुम्बिनी प्रदेशका अन्तरसरकारी वित्तीय हस्तान्तरणअनुसार १५ अर्ब ३८ करोड ४२ लाख बजेट विभिन्न शीर्षकमा छुट्याएको छ । यसमा पुँजीगततर्फ ४ अर्ब ७३ करोड र चालुतर्फ १० अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।समानीकरण अनुदानतर्फ ८अर्ब १४ करोड ८३ लाख,सशर्त अनुदानतर्फ ५ अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानतर्फ ८४ करोड तथा विशेष अनुदानतर्फ ५६ करोड छुटुयाइएको छ । संघीय सरकारबाट लुम्बिनी प्रदेशका अधिकांश पुराना महत्त्वपूर्ण परियोजनाले निरन्तरता पाएका छन् । केही योजना काटेर नयाँ योजना पनि बजेटमा समेटिएको छ ।

यसअघि बजेट विनियोजन भएर सकिने अवस्थामा पुगेका योजनालाई पनि निरन्तरता दिइएको छ ।४३ वर्षदेखिको लुम्बिनी गुरुयोजनाको बाँकी काम सञ्चालनको लागि निरन्तरता दिइएको छ । त्यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनको पहल, विमानस्थलबाट उडान गर्ने कम्पनीलाई ग्राउण्ड ह्याडलिङ शुल्क छुट दिने घोषणा गरेको छ । उता, भैरहवास्थित विशेष आर्थिक क्षेत्रलाई पूर्ण रुपमा सञ्चालन गर्ने, रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र सञ्चालनका लागि अगाडि बढाइने घोषणा गरेको छ । गुल्मीको रेसुङ्गा, दाङको दंगीशरणलाई पर्यटन गन्तव्य क्षेत्र बनाउन पनि बजेटमा उल्लेख छ । यस्तै, रुपन्देहीको बुटवल कर्साघाटमा बृहत् कृषि परियोजना सञ्चालन गर्नेदेखि बुटवल–नारायणगढ खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड बजेट विनियोजन गरेको छ । कोहलपुर–बुटवल सडक, बुटवल–पोखरा सडक स्तरोन्नति तथा सिद्धबाबा सुरुङ मार्गलाई आवश्यक बजेट विनियोजन गरेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma