मोफसल खबर २२ कपिलवस्तु
विश्व पर्यावरण दिवसको अवसरमा शिवराज जेसिजले वृक्षारोपण गरेको छ । शिवराज नगरपालिकाको वडा न ३ खरेन्द्रपुरमा रहेको सुपा देउराली मन्दिर परिसरमा वृक्षारोपण गरिएको शिवराज जेसिजका अध्यक्ष वाईपी पौडेलले वताउनुभयो । मन्दिर परिसरमा आँप बेलौती निम अमला र विभिन्न फुलका विरुवा लगाईएको अध्यक्ष पौडेलले वताउनुभयो ।
जलवायु परिवर्तनको कारण मौषममा देखिएको फेरवदल भएकाले जलवायु परिवर्तको मारवाट वच्नको लागी वृक्षारोपण गरिएको जेसिज शिवराजका संस्थापक अध्यक्ष सरोज पौडेलले वताउनुभयो । कार्यक्रममा जेसिज पुर्व अध्यक्ष खगेन्द्र गिरी , विजय सापकोटा , जेसि युवराज पौडेल, कासिराम आचार्य , कविराज अधिकारी लगाएतको उपस्थीती रहेको थियो ।


प्रतिक्रिया